पोखराको निर्मलपोखरीबाट लागूऔषध कारोबारी एक जना पक्राउ परेका छन् । लागूऔषध बोकेर हिंडिरहेका उदयपुर जिल्लाको ताप्ले गाउँपालिका वडा नम्बर २ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २१ को निर्मलपोखरी बस्ने २८ वर्षिय विमल राईलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनको साथबाट डाइजापाम ७५ एम्पुल, फेनरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरि कुल २२५ एम्पुल लागू औषध बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका राईबिरुद्ध लागू औषध सम्बन्धी मुद्धामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







