गोरखा स्थायी घर भई हाल पोखरा १६ बाटुलेचौरमा दूध बेचेर जीवन यापन गर्दै आएका गोर्खाली दाइको उपचारकालागि संकलन गरिएको रकम एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा संकलित रकम १ लाख ४३ हजार ९५० मध्ये ज्ञ लाख घड हजार द्धछण् रुपैयाँ हस्तान्तरण गरिएको हो ।कार्यक्रमको संयोजन गरेका समाजसेवी शिवराज देवकोटाको पहलमा उक्त रकम विभिन्न समाजसेवी वाट संकलन गरिएको हो
। सो रकम वडाध्यक्ष जीवन प्रसाद आचार्य नेपाली कांग्रेसका सभापति अमृत तिमिल्सिना एमाले नेता विनोद अधिकारी माओवादी केन्द्रका जिल्ला सदस्य गुरुदत्त भट्टराई, राष्ट्रिय जनमोर्चाका नेता गणेश अधिकारी हिमालय क्लब का अध्यक्ष मोहन बहादुर थापा समाजसेवी प्रकाश तिम्सिना धर्मराज थापा व्यवसाय मदन बस्नेत घरबेटी भुवन लक्ष्मी श्रेष्ठ तथा पत्रकार माहासंघ गण्डकी प्रदेशका सचिव यदुनाथ वन्जरा लगायत ले सो रकम बिरामी र उनका परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक गरेका समाजसेवी शिवराज देवकोटाले जानकारी दिनुभएको छ ।
संकलन हुन बाँकी रहेको रकम प्राप्त हुनासाथ प्रदान गरिने समेत उहाँले जानकारी दिनुभयो लामो समयदेखि पोखराको बाटुलेचौरमा बसी दुग्ध व्यवसाय गर्दै आएका गोरखाली दाइ गोरखामा जन्मेका भएपनि पोखरामा बसिरहेका छन् उनले लामो समयदेखि पोखरामा दुग्ध व्यवसाय गर्दै आइरहेका थिए तर पछिल्लो समयमा भने उनी क्यान्सर रोगबाट पिडित रहेका थिए क्यान्सर रोगबाट पीडित भएपछि उनलाई उपचारमा समस्या हुनुका साथै दैनिक जीवनयापनमा समेत समस्या भएको थियो उक्त समस्या देखिएपछि स्थानीय समाजसेवी शिवराज देवकोटाको पहलमा सो रकम संकलन गरेर हस्तान्तरण गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







