आजदेखि नयाँ नोट साट्न पाइने


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७८ मा प्रकाशित




नेपालीको महान चाड दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आज (सोमबार)देखि नयाँ नोट उपलब्ध गराउने भएको छ।

यसअघि, असोज ४ गते आज (सोमबार)देखि इजाजतप्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिने जनाइएको थियो।

नेपाल राष्ट्र बैंकले दशैंमा नयाँ नोट वितरणको व्यवस्था मिलाएकोे जनाएको छ। केन्द्रीय बैंकको नोट व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाभित्र र उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ।

काठमाडौँ केन्द्रीय बैंकले १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १०० बराबरको नोट वितरण गर्ने तयारी गरेको छ। कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट वितरण गर्ने तयारी गरेको छ।

वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गइ नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ । कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कर्ता अपनाइ नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।