टानको समन्वयमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन

- नौंडाँडादेखि जरेवरसम्म मर्मतसम्भार र सरसफाई गरियो


     एभरेस्ट आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित




ट्रेकिङ्ग एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको समन्वय, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा अल्पकालीन रोजगारका लागि जनशक्ति परिचालन भएको छ । पर्यटन क्षेत्रमा संलग्न जनशक्तिलाई अल्पकालिन रोजगार कार्यक्रम अन्तर्गत ३० जनालाई पहिलो चरणमा रोजगारी प्रदान गरिएको जनाइएको छ । दुई सय जना पदयात्रा मजदुरहरुलाई १० दिनको लागि परिचालन गर्ने योजना अनुरुप पहिलो चरणमा आज ३० जना खटाइएको टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले जनाएको छ ।

शुक्रबार खटाइएको ३० जनाको जनशक्तिले नौडाँडादेखि कास्कीकोट, सराङकोट, मेथलाङ हुँदै जरेवर पदमार्गको मर्मतसम्भार तथा सरसफाई गरेको टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए । टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) र नेपाल पर्यटन बोर्डको संयुक्त कोष र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रमको जीबिकोपार्जनपुनरुत्थानका लागि पर्यटन परियोजना अन्तर्गत कोभिड १९ को असरका कारण रोजागारी गुमाउन भएका पदयात्रा श्रमिकहरुलाई अल्पकालिन रोजगार प्रदान गर्ने र पदयात्रा पदमार्गहरुको मर्मत सम्भार गरि पदयात्रा व्यबसायलाई चलायामान गराउने उद्धेश्यका साथ कार्यक्रम गरिएको उनले स्पष्ट पारे ।

शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश प्रमुख काशीराज भण्डारीले पर्यटन विकासका लागि पदयात्रा पदमार्गहरुको महत्व उच्च रहेको बताए । उनले सेप्टेम्वर २७ मा विश्व पर्यटन दिवस मनाइने भन्दै सो दिन कास्कीकोट पदमार्गमा विभिन्न देशका कुटनैतिक नियोगका प्रतिनिधीहरु ल्याएर पदयात्रा गराई जानकारी दिए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशीलराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिका वडा नम्बर २४ का वडाध्यक्ष ओम सुवेदी, टानका सचिव मिलन तिवारीलगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।