एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं साधारण सभामा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव श्रीराम सिग्देल सम्मानित भएका छन् । सहकारीको साधारण सभाको अवसरमा एकता सहकारी पत्रकारिता पुरस्कारबाट सिग्देल सम्मानित भएका हुन् । उनलाई नगद १० हजारसहित सम्मापन पत्र र दोषल्ला ओढाएर सम्मान गरिउको थियो । सिग्देललाई कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढा, सहकारीका अध्यक्ष बालासिंह काउछा, उपाध्यक्ष नवराज सुवेदीलगायतले सम्मान गरेका थिए ।

कार्यक्रममा कलाकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लोकगायक तारापती सुवेदीलाई सम्मान गरिएको थियो । उनलाईपनि नगद १० हजारसहित सम्मान पत्र र दोषल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा असल ऋणीतर्फ देवीमाया थापा, ज्येष्ठ नागरिक सम्मानतर्फ टेककुमारी खड्का र पूर्णबहादुर थापा, कर्मचारीतर्फ लक्ष्मी श्रेष्ठ र मनिषा पौडेललाईपनि सम्मान गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







