महालक्ष्मीका विमितलाई प्रिसा इन्टरप्राईजेजका सामान खरिदमा छुट दिइने


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित




पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् । उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित,अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिदमा ५ प्रतिसत देखी १५ प्रतिसत सम्म सम्म मुल्यमा छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त ईन्टरप्राईजेजले हेटौडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु विक्री वितरण गर्दे आईरहेको छ । हाल कम्पनीले ८ देखी १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औधगिक प्रयोजनका र सस्थांगत २० देखी २५ लिटर सम्मका खानेपानी शुद्दीकरण गर्ने युरो गाार्डहरु उत्पादन र विक्रि वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।