इन्भेष्टर फोरम गण्डकीको अध्यक्षमा श्रेष्ठ


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०७८ मा प्रकाशित




शेयर मार्केटमा लगानी गर्नेहरुको प्रथम भेलाले अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय इन्भेष्टर फोरम गण्डकी प्रदेश तदर्थ समिति गठन गरेको छ । भेलाले उपाध्यक्षमा कमलमोहन कोइराला, सचीवमा मनोज पौडेल र सदस्यहरुमा राजु कुमार श्रेष्ठ, सुर्य लम्साल, शान्ति कडेंल, सन्देश गोदार, क्षितिज बराल र सुदन गुरुङलाई चयन गरेको छ ।

सो समितिको सल्लाहकार बिनोदकुमार वैद्य, मेघनाथ कुँवर, युक्तबहादुर सुवेदी र विष्णु पराजुलीलाई चयन गरेको छ । कार्यक्रममा शेयर मार्केटमा देखिएको वर्तमान परिस्थिति, यसका चुनौती र अबसरको बारेमा मनोज पौडेलले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रम संयोजक मेघनाथ कुँवरले पोखराको इतिहासमा पहिलो ऐतिहासिक संस्था हुने बिश्वास गर्दै लगानी मैत्री प्रशासन हुनु जरुरी रहेको धारणा राखेका थिए ।

भेलामा भरर्खर शेयर मार्केटमा लागेका कक्षा ११ पढ्ने विद्यार्थी, विभिन्न पेशा व्यवसाय छाडेर शेयरमा लगानी गर्ने, दैनिक शेयरको कारोवार गर्ने देखि ४०÷४५ बर्षदेखि शेयरमा लगानी गर्नेहरुको उपस्थिति रहेको थियो ।

व्यवसायी अर्जुनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कमलकुमार कोइरालाले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।