जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने पस्र्याङका बस्ताकोटी पक्राउ


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित




जग्गा पास गरिदिन्छु भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १५ टुटुङ्गास्थित सन्तु ढकालको नाममा रहेको जग्गा पास गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ निवासी ५६ वर्षिय मात्रिका बस्ताकोटीलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

लेखन्दास काम गर्ने बस्ताकोटीले यहि असोज १५ गते ढकालको टुटुङ्गास्थित जग्गा मनहरी तिमिल्सिनाले किन्न लागेकोमा छिटो र सुलभ तरिकाले जग्गा पास गरि लालपूर्जासमेत दिन्छु भनेर विश्वास दिलाएर २५ हजार लिएपनि जग्गा पास नगराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जारी गरेको वुलेटिनमा उल्लेख छ ।

पीडितले दिएको निवेदनका आधारमा वडा प्रहरी कार्यालय वैदामले नगद २५ हजारसहित बस्ताकोटीलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । उनलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप गरी अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।