पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटियो


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित




पोखरामा पनि ९ ठाँउमा इन्टरनेटको तार काटिएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाले आईतबार पोखराका विभिन्न ९ ठाँउका तार काटेको हो । केन्द्रको निर्देशन अनुसार आफुहरुले सांकेतिक रुपमा केहि स्थानमा इन्टरनेटका तारहरु काटेको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण शाखाका प्रमुख ऋषिकुमार बरनवालले जनाए । प्राधिकरणले पोखराका ९ ठाँउमा सेवा प्रदायक केही कम्पनीहरुको इन्टरनेट सेवाको तार काटिदिएको बताए । उनका अनुसार वल्र्ड लिंक, भायानेट, पोखरा इन्टरनेट लगायतका इन्टरनेटका तार काटिएको छ । अधिकांश केवलमा ट्याक नहुदा कुन कुन इन्टरनेट कम्पनीको तार हो भनेर पहिचान गर्न समेत कठिन भएको उनले बताए ।

प्राधिकरण पोखरा शाखाले आईतबार पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडको डिहिकोपाटन, लालुपाते मार्ग, पोखरा १५ को टुटुङगा, ढुंगेसाँघु , पोखरा १७ को पार्दी विरौटा, छोरेपाटन, महतगौडा, डेबिडफल्स लगायतको क्षेत्रमा इन्टरनेट सेवा काटेको प्रमुख बरनवालले जानकारी दिए । अस्पताल, स्कुल लगायतका अत्यावश्यक कार्यालयमा संचालन भएको उक्त सेवालाई हाल कुनै तारहरु नकाटिएको उनले बताए ।

केन्द्रमा हाल वार्ता जारी रहेकोले केन्द्रको निर्देशन आएमा पुनः आफुहरुले अन्य ठाँउमा पनि इन्टरनेट सेवाको तार काट्न बाध्य हुने प्रमुख बरनवालले चेतावनी दिए । उनका अनुसार इन्टरनेट प्रदायक अधिकांश कम्पनीहरुले महङगो शुल्क भएको भन्दै विगत २०७४ देखि अर्था ३ बर्ष देखि प्राधिकरणको पोलमा इन्टरनेट तार प्रयोग गरे वापतको शुल्कः तिरेका छैनन । प्राधिकरणले सेवाप्रदायिक संस्थासंग पोलमा तार प्रयोग गरे वापत प्रति बर्ष प्रति पोलको २ सय ५ रुपैया शुल्क निर्धारण गरेको थियो उद्यपी पछि मुल्य बृद्धि भएको बिषयमा व्यवसायीहरु सशंकित हुदै शुल्क तिर्न छाडेका थिए । करिब ३ सय प्रतिशत मुल्य बृद्धि गर्नु उचित निर्णय नभएको व्यवसायीको दाबी गरेको छ ।

एनटीसी, एनसेल र डिस होमले भने प्राविधिकरणलाई पोलको शुल्क तिर्ने घोषणा गरेकोले पोखरा क्षेत्रका उनीहरुको तार नकाटिएको उनले जनाए । पोखरा क्षेत्रमा करिब १३ वटा इन्टरनेट प्रदायक संस्थाहरु रहेका छन्। आफुहरुले वार्ता र छलफलबाट केही शुल्कः घटायर प्राधिकरणलाई शुल्कः तिर्न तयार हुदा हुदै एकाएक अत्यावसेक सेवालाई अबरुद्ध हुने गरी इन्टरनेटको तार काट्नु आम उपभोक्तालाई यसले प्रत्यक्ष प्रभाव परेको व्यवसायीहरुले गुनासो गरेका छन् । वल्र्ड लिंकका यूसुफ श्रेष्ठले प्राधिकरणले अस्वभाविक रुपमा पोलमा प्रयोग हुने तार वापतको शुल्कको मुल्य बृद्धि गरेर हाल एकाएक तार काटुन उचित निर्णय नभएको बताए । पुरानो मुल्यमा बाँकी रहेको बक्यौता रकम तिर्न आफुहरुले ताकेता गरेको उनले जनाए । अलिहेको अनलाइन प्रणालीबाट धेरैले शिक्षा हासिल सहित केहीको परिक्षा समेत संचालन भएको अबस्थामा तार काट्नु गलत निर्णय भएको श्रेष्ठले जनाए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।