कर्मचारी बचत तथा ऋण सहकारीको अध्यक्षमा सिग्देल, सचिवमा श्रेष्ठ


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०७८ मा प्रकाशित




कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा महेशकुमार सिग्देल चयन भएका छन् । सहकारीको मंगलबार पोखरामा भएको चौधौं साधारण सभा तथा पाचौं अधिवेशनले सिग्देलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बद्री पौडेल, सचिवमा सुरेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा डिल्लीराम बास्तोला सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सीता बराल, केदार सापकोटा, वसन्तकेशव भण्डारी र रञ्जना पोखरेल चयन भएको नवनिर्वाचित सचिव सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

साधारण सभा तथा अधिवेशनले लेखा समिति संयोजकमा हेरम्ब शर्मा र सदस्यहरुमा रामचन्द्र पौडेल र बिनोद रेग्मीलाई चयन गरेको छ ।

यसैगरी ऋण उपसमितिको सदस्यहरुमा गोपालप्रसाद शर्मा लम्साल र लीलाधर पाण्डेलाई चयन गरेको सचिव श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।