गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले विकासका अत्यावश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारले अभिभावकत्व बहन गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दीभुम्दी) स्थित कालाबाङको सङङाघ् ध्येजुलिङ गुम्बा समितिले बुधबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री बरालले प्रदेशबासीको अत्यावश्यक पूर्वाधार निर्माणमा अभिभावकत्व बहन गर्ने बताउनु भएको हो ।

विगतको सरकारको समेत स्वामित्वलिदै आफुहरुले जनताको प्रथामिकताको आधारमा विकास निर्माणलाई तिव्रता दिने मन्त्री बरालले बताउनुभयो । पोखरा २२ पुम्दीभुम्दीको पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण देखि रणनितीक महत्वका २ वटा सडक निर्माणलाई प्रदेश सरकारले बिषेश महत्व दिने उहाँले विश्वास दिलाउनु भयो । उहाँले भन्नुभयो“पोखरा २२ को बृहद विकासको लागि पहिलो प्राथमिकताको आधारमा छोरेपाटन देखि विश्वशान्ति स्तुपा, लुकुन्स्वाँरा, कालाबाङ, भुम्दी, उल्लेखरी हुदै कुभिण्डेसम्मको सडक निर्माण तथा छोरेपाटन देखि फुर्से खोलाहँुदै कुभिण्डेसम्म जोड्ने सडकलाई बहुबर्षीय योजनामा समावेश गरी छाड्छौंैं । ”
जिर्ण भएको उक्त गुम्बा उपयोग विहिन भएकोले गुम्बालाई प्रयोगमा ल्याउन मिल्ने गरी आवश्यक सहयोग गर्न पहल गर्ने मन्त्री बरालले बताउनु भयो । अघिल्लो सरकारको पालामा अत्यावसेक केहि पूर्वाधार निर्माणको लागि प्रस्ताव पेश गरे पनि आफुहरुको माग सुनुवाई नभएको स्थानियले मन्त्री समक्ष गुनासो गर्दै उक्त योजनालाई आगामी वर्षमा पुरा गर्न माग गरेका छन्। साथै स्थानियले पुम्दीभुम्दीकै भाई छोराको रुपमा अर्थ मन्त्री पाएकोमा खुसि व्यक्त गर्दै पुम्दीभुम्दीको विकासमा उहाँले खेलेको भूमिका प्रति आभार व्यक्त गर्नु बाँकी अधुरा काम पुरा गर्न पहल गर्न आग्रह गर्नु भएको थियो । साथै अर्थ मन्त्री बराललाई अब आफुहरुले पार्टी भन्दामाथि उठेर उहाँलाई प्रदेशको मुख्यमन्त्रीसम्म बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानियले आर्शिरवादसमेत दिएका थिए ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले मन्त्री बरालले मन्त्रीहुनु पूर्व देखि नै पुम्दीभुम्दीको विकासमा अगुवाई गर्दै आएको उल्लेख गर्नुभयो । गुम्बा समितिका सल्लाहकार राजबहादुर गुरुङले एक सय मिटर टाडाबाट पनिमन्त्री देख्न नपाएका पुम्दीभुम्दीबासीले हालआफ्नै घर गाउँको छोरालाई मन्त्रीको रुपमा पाउँदा खुसिले गदगद भएको बताउनुभयो । मन्त्री बरालले पुम्दीभुम्दीमा पुराएको योगदानलाई पुनःमुल्याङकन गरी पार्टीले उहाँ जस्ता व्यक्तिलाई आगामी निर्वाचनमा टिकट दिएमाआफुहरुले जिताउने उहाँले वचनदिनु भयो ।
कालाबाङ सामुदायिक होमस्टेका अध्यक्ष प्रकाशचन्द्र गुरुङले अघिल्लो सरकारका मुख्यमन्त्री सहितका मन्त्रीहरुलाई केही योजना पेश गरे पनिआफ्नो केहीमाग पुरा नभएको अबस्थामा अर्थ मन्त्री बरालबाट केही न केही सम्बोधन हुने विश्वास व्यक्त गर्नुभयो । मन्त्री बराललाई आगामी निर्वाचनमा कास्की निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाटै आफुहरुले मतदान गर्न पाउने गरी टिकट दिन माग गर्नुभयो । गुम्बा समितिका अध्यक्ष लोकप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्नभएको कार्यक्रममा उपाध्यक्ष शर्मिला गुरुङ, सचिव कृष्ण गुरुङ लगायतले बोल्नु भएको थियो । उक्त अवसरमा गुम्बा समितिका पदाधिकारी सहितका स्थानियले मन्त्री बराललाई फुलमालाले स्वागत तथा सम्मान गरेका थिए । २०४९ सालमा करिब ५० लाखको लागतमा निर्माण भएको उक्त गुम्बा हाल ढलाल चुहिने, कोठामा पानी रसाउनेलगायतको समस्याले हालप्रयोग गर्न नसक्ने अबस्थामा पुगेको उपाध्यक्ष गुरुङले बताउनु भयो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पद्म नर्सिङ्ग होम प्रा.लि,नदिपुर पोखराले बाढी प्रभाबितको लागि १ लाख ११ हजार…








