सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखराको लेकसाइडलाई केन्द्रीत गरेर नया शाखा खोलेको छ । पोखराको पर्यटकीय केन्द्र लेकसाईडलाई केन्द्रीत गरेर सेलवेजले लेकसाइडको प्रस्थान विन्दु बुलौंदीको ओरालो नजिकै शान्तिनगरमा नया शाखा खोलेको हो । यो शाखा बराल पेट्रोल पम्पसँगै छ ।
झन्डै तीनदशकदेखि सेवा दिदै आएको सेलवेज डिपार्टमेन्टल स्टोरको यो देशभरमा २९ औं शाखा हो भने पोखराको छैठौं शाखा हो । सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकाली र बगरमा शाखा बिस्तार गरिसकेको छ । सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको सेलवेजले खोलेको शान्तिनगरस्थित शाखा भोलि विहीबारदेखि सञ्चालनमा आउने बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

८ करोडको लागतमा सञ्चालनमा आउन लागेको यो डिपार्टमेन्टल स्टोर भुईं तलासहित ३ तले भवनमा छ । जसको भुईतलामा खाद्य सामग्री तथा सौन्दर्य सामग्री (कस्मेटिक) सामान, पहिलो तलामा इलेक्ट्रोनिक सामान तथा घरायासी सामग्री र दोश्रो तलामा फर्निचरका सामानहरु राखिएका छन् ।
पत्रकार भेटघाटमा बोल्दै सेलवेजका गण्डकी प्रदेश प्रमुख ब्यबस्थापक दयाल गिरीले लेकसाईड केन्द्रीत गरेर शान्तिनगर शाखा बिस्तार गरेको बताए । पर्यटकीय केन्द्र लेकसाईडमा किनमेल गर्ने ठाउँ नहुँदा महेन्द्रपुल पुग्नुपर्ने बाध्यता हटाउनका लागि आफूहरुले सो ठाउँमा शाखा खोलेको उनको भनाई छ । ‘यो शाखा खुलेसँगै अब सपिङका लागि महेन्द्रपुल पुग्नुपर्ने बाध्यता हट्छ’–उनले भने । यस शाखाबाट लेकसाईडका होटल तथा रेस्टुरेन्टले पनि लाभान्वित हुने उनले बताए ।
नया शाखा सञ्चालनमा आएको अवसरमा शान्तिनगर शाखाले दशैं सम्मका लागि १० प्रतिशतसम्म छुट दिने जनाएको छ । साथै सेलवेजले जतिसुकै सामानको खरिदमा पनि होम डेलिभरीको सुविधा दिने बताएको छ । होम डेलिभरीको कुनै चार्ज नलाग्ने गिरीले बताए ।
सेलवेजले चाँडै लेखनाथलाई केन्द्रीत गरेर नया शाखा खोल्ने तयारी गरेको छ । तालचोक पुग्नु भन्दा केहि अगाडि सेलवेजले शाखा खोल्ने तयारी गरेको र त्यसको लागि कन्स्ट्रक्सनको काम भइरहेको ब्यबस्थापक गिरीले जानकारी दिए ।
पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा खाद्यपसलबाट सेवा शुरु गरेको सेलवेजले निकट भविष्यमा काठमाडौंंको महाराजगञ्जमा पनि शाखा बिस्तार गर्ने उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







