
पोखराबाट ठूलो मात्रामा लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पोखरा महागनरपालिका वडा नम्बर ३० गगनगौंडा पावरहाउस नजिकै चेकजाँचका क्रममा रुपन्देहीको साविक पटखोली गाउँ विकास समिति वडा नं.–४ र हाल ओमसतिया गाउँपालिका वडा नं.–५ का रामसेवक लोधको छोरा ३७ वर्षिय हरिहर लोधलाई प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित पक्राउ गरेको हो ।
कास्कीमा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचना आएपछि ईलाका प्रहरी कार्यालय सिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले असोज २० गते बुधबार उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका लोधको साथबाट डाईजापाम–१५८ एम्पुल, नुर्फिन–१५८ एम्पुल, फेनार्गन– १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की र मोबाईल–१ थान बरामद गरेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालले जानकारी दिए ।
पक्राउ परेका लोधलाई लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान जारी राखिएको प्रहरीले जारी गरेको वुलेटिनमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







