जन्म दिनमा समाजसेवी टीका गुरुङद्वारा वृद्धाश्रमलाई सहयोग

- छोराको जन्म दिनमा पत्रकार आस्थाद्वारा खाद्यान्न वितरण


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७८ मा प्रकाशित




समाजसेवी तथा युवा व्यवसायी टीका कुमारी गुरुङ र पत्रकार एमवि आस्था मगरले आफ्नो छोराको जन्म दिन वात्स्यायन वृद्धाश्रममा पुगेर मनाएका छन् । उनीहरुले वात्स्यायन वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुसँग जन्म दिन मनाएका हुन् ।

समाजसेवी गुरुङले आफ्नो जन्म दिनको अवसरमा वात्स्यायन वृद्धाश्रमलाई १० हजार १ सय रुपैया प्रदान गरिन् । समाजसेवमा सँधै मन फुकाउने समाजसेवी गुरुङले जन्म दिनको अवसरमा पोखरा १४ बाच्छेवुडुवामास्थित वात्स्यायन वृद्धाश्रमलाई सो रकम प्रदान गरेकी हुन् । वृद्धाश्रमका वृद्धवृद्धाहरुसँग जन्म दिन मनाउन भनेर पुगेकी उनी र उनको श्रीमान मुनेश थापाले सो रकम वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।

त्यस्तै, पत्रकार एमवि आस्था मगरले पनि आफ्नो छोराको जन्म दिन वात्स्यायन वृद्धाश्रम पुगेर मनाए । आस्थाले आफ्नो छोरा शालिन घर्ती मगरको प्रथम वर्ष प्रवेशको अवसर पारी पोखरा १४ बाच्छेवुडुवामा रहेको वात्सायन बृद्धाश्रममा खाद्यान्न सामाग्री सहयोग गरेका हुन ।

शनिवार खाद्यान्न सामाग्री सहयोग कार्यक्रममा बोल्दै कालिका गण पोखराका गण्पति प्रहरी उपरीक्षक जनक बस्नेतले वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई सहयोग गर्नु हामी सबैको दायित्व भएको बताए । उनले आगामी दिनमा आफ्नो तर्फबाट समेत वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै वृद्धाश्रमका संस्थापक अध्यक्ष गोकर्ण कार्कीले वात्स्यायन वृद्धाश्रममा आजसम्म कुनैपनि सरकारी सहयोग नआएको र विभिन्न ब्याक्तिहरुको सहयोगबाट नै बृद्धाश्रम सञ्चालन भइरहेको जानकारी गराए । उनले विशेषगरी पछिल्लो समय वृद्धाश्रममा जन्मदिन मनाउनेहरु वढी मात्रामा आउने गरेको बताए ।

सो अवसरमा वोल्दै पत्रकार एमबी आस्था मगरले अहिले विभिन्न क्लव तथा रेष्टुरेण्टहरुमा गएर जन्मदिन मनाउने प्रचलन बढ्दो मात्रामा रहेको र त्यस्ता फजुल खर्चलाई केही भएपनि सामाजिक कार्यमा लगाउन सकेको खण्डमा केही भएपनि पुण्य प्राप्त हुने र बालवालिकाले पनि सानै उमेरदेखी सामाजिक क्षेत्रमा काम गर्नुपर्छ भन्ने बुझ्ने भएकाले आफुले तीनवटै सन्तानको पहिलो वर्ष प्रवेशको अवसरमा वृद्धाश्रममा सानै भएपनि सहयोग गरेर मनाएको बताए ।
वृद्धाश्रममा १६ जना वृद्धवृद्धा आश्रित रहेका छन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।