पोखरा । नेपाल प्रहरीका ९५ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)हरुको सरुवा भएको छ ।
गृहमन्त्रालयको प्रहरी प्रधान कार्यालय मानवस्रोत एव प्रशासन विभागले आज एक सूचना जारी गर्र्दै कास्कीका सहित ९५ जना डिएसपीहरुको सरुवा गरेको हो ।
सोही क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी)सुवास हमाल जिल्ला प्रहरी कार्यालय मुगुमा सरुवा भएको छ । हमालको ठाउँमा बाग्मती प्रदेश प्रहरी कार्यालय, हेटौंडा मकवानपुरको अन्वेषण योजना शाखामा कार्यरत सुन्दर तिवारी आउने भएका छन् ।
यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी यूवराज तिमिल्सिनाको ठाउँमा इलाका प्रहरी कार्यालय नवल परासीका यूवराज खड्का आउने भएका छन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय, नवलपुरका डिएसपी भोला कुमार भट्टको ठाउँमा अन्तराष्ट्रिय विमानस्थल काठमाण्डौंकी शर्मिला गुरुङको सरुवा भएको छ ।
त्यसैगरि राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्याल तनहुँका डिएसपीको जिम्मेवारी राजेन्द्र श्रेष्ठले सम्हाल्ने छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया, सिराहमा कार्यरत श्रेष्ठ ठगबहादुर केसीको सरुवा भएपछि उनको जिम्मेवारी सम्हाल्ने गरी आउन लागेका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको प्रहरी नायव महानिरीक्षकको कार्यालयका रविन विष्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा सरुवा गरिएको छ । विष्टको ठाउँमा बिनोद शर्मालाई खटाइएको छ । शर्मा यसअघि १ नं. प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा थिए ।
यसअघि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका श्रवण बिक गण्डकी प्रदेश प्रहरी कार्यालय, अपराध अनुसन्धान साहायता कक्षमा आउने भएका छन् । अपराध अनुसन्धान साहायता कक्षका श्यामु अर्यालको सरुवा भएपछि खाली रहेको दरवन्दीमा उनी आउन लागेका हुन् ।
प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको कार्यालयको प्रहरी कर्मचारी शाखाका प्रहरी उपरीक्षक दिलिप घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । सरुवा भएका हाल सरुवा भएका उनीहरुले यही मंसिर महिनाको तलव भत्ता सरुवा भएको दरवन्दीबाट लिन पाउने सरुवा गरिएको जनाइएको छ ।
हेर्नुहोस् सरुवा सूची
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको न्यूरोडमा भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ । आज…







