आज भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवणेले मानार्थ सेनापतिको दज्र्यानी चिह्न लगाउँदै


     एभरेस्ट आवाज    
     कार्तिक २० गते २०७७ मा प्रकाशित




भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेले आज (बिहीबार) नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिह्न लगाउँदै छन्।

शीतलनिवासमा एक समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको दज्र्यानी चिह्न लगाउनेछन्।

उनले राष्ट्रपति भण्डारीका हातबाट नेपाल(भारत दुवै मुलुकका सेना प्रमुखलाई एक(अर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ। जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मै भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दज्यानी चिह्न लगाइसकेका छन्।

शीतलनिवासमा दर्ज्यानी चिह्न लगाउनुअघि नरवणेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पणका लागि पुग्नेछन्। उनले जंगीअड्डामा सैनिक गारत निरीक्षणपछि समकक्षी थापासँग औपचारिक संवाद गर्ने कार्यक्रम छ । साथै आज (बिहीबार) साँझ जंगी अड्डाले आयोजना गर्ने रात्रिभोजमा नरवणे सरिक हुनेछन्।

भोलि (शुक्रबार) नरवणेले सैनिक स्टाफ कलेज, शिवपुरीमा शिक्षार्थीहरुसँग अन्तक्रिया गर्नेछन् । त्यसपछि उनले प्रधानमन्त्री ओलीलाई भेटेर स्वदेश फर्किने कार्यक्रम छ।

तीनदिने नेपाल भ्रमणका लागि हिजो आइपुगेका नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले स्वागत गरेका थिए।

नरवाणे नेपाल आएपछि …

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे नेपाल आएपछि हिँजो (बुधबार) पशुपतिनाथको आरतीमा सहभागी भए ।

कोरोना संक्रमणको जोखिमका कारण मन्दिर बन्द भएकोले ‘विशेष पूजा’ गर्न नपाएका नरपणेले बुधवार साँझ नेपाली ढाकाटोपी लगाएर पशुपति मन्दिरसँगैको बागमती पारीबाट आरती अवलोकन गरे । करिब ४५ मिनेट आरती अवलोकन गरेर उनी सोल्टी होटल फर्किए।

साथै, नरवणे र उनकी श्रीमती विना नरवणेले हिँजै (बुधबार) वसन्तपुर स्क्वायरको अवलोकन गरेका छन्।

इण्डियन एयर फोर्सको विमानबाट आज नेपाल आएका नरवणे दम्पतीले कुमारीको दर्शन गर्नुका साथै वसन्तपुर स्क्वायरको समते अवलोकन गरेका नेपाली सेनाले जनाएको छ।

माइतीघर मण्डलामा विरोध प्रदर्शन

नरवणेको नेपाल भ्रमण विषयलाई लिएर २१ दलीय मोर्चाले उनको विरोध गरेका छन् ।

माइतीघर मण्डलामा मोर्चामा सहभागीहरूले विरोध गरेका हुन् । नेपालको सार्वभौमिकताको अपमान गर्ने सेनापतिलाई सरकारले किन निम्त्यायो भन्ने विषय आश्चर्यजनक भएको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्।

तर, भारतीय सैन्य प्रमुखले शिरमा नेपाली ढाकाटोपी लगाएर नेपालीको मन जित्ने प्रयास गरे।
माइतीघरमा करिब २५ जना व्यक्ति विरोध प्रदर्शन गर्दै जम्मा भएका थिए । प्रदर्शनस्थलमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारसहितका प्रहरी अधिकारी पुगेका थिए। प्रदर्शनकारीलाई हालसम्म धरपकड गरिएको थिएन ।

नरवणेले सीमा विवाद चर्किएका वेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको ईशारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए।

भारतीय स्थल सेनाध्यक्ष नरवणेको सुरक्षाका लागि काठमाडौँमा सुरक्षा व्यवस्था कडा गरिएको छ।
बुधबार मध्यान्ह भारतीय सैनिकको विशेष विमानमार्फत काठमाडौं आएका नरवणेमाथि ‘थ्रेट’ विश्लेषण गरेर उनी हिँड्ने रुटमा २ हजार प्रहरी परिचालन गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।