अन्तर्राष्ट्रिय मार्केटिङ कम्पनी म्याक्सवेलले पोखरामा भर्चुअल मार्फत वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कोरोना भाईरसको महामारीका कारण रोकिएको वार्षिक सम्मेलन नेपालका विभिन्न शाखाहरुको उपस्थितिमा आज (मंगलबार) भर्चुअल मार्फत सम्पन्न गरेको हो ।
सो सम्मेलनमा म्याक्सवेल चितवन शाखा, नेपालगञ्ज शाखा, धरान शाखा, काठमाडौं तथा विराटनगरबाट शाखा प्रमख सहितको उपस्थिति रहेको म्याक्सवेल पोखरा शाखा म्यानेजर रोशन लिम्बुले बताए ।
म्याक्सवेलको सहसंथापक सञ्जिव मण्डलले होस्ट गरेको जुम मिटिङमार्फत विभिन्न शाखाका कर्मचारीहरु पुरस्कृत भएको लिम्बुले जानकारी दिए । उनका अनुसार म्याक्सवेल पोखरा नगद रु ८० हजार सहित ट्रफिद्वारा पुरस्कृत बन्यो । त्यसैगरी म्याक्सवेल चितवन शाखा ४८ हजार नगद तथा ट्रफिद्वारा पुरस्कृत भयो । उत्कृष्ट लिडरको उपाधि पाउदै चितवन शाखाकै कर्णविर परियारले नगद रु ३२ हजार सहित ट्रफी प्राप्त गरे । यसैगरी विभिन्न शाखाका कर्मचारीहरुले विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै पुरस्कृत भएका थिए ।
सो भर्चुअल सम्मेलनमा नेपालका विभिन्न शाखा तथा भारतको मनिपुर, कलकत्ता तथा सिलोङ लगायत विभिन्न शहरहरुबाट म्यानेजर तथा कर्मचारीहरुको उपस्थितिथ रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं । ज्ञानले अज्ञानको अन्धकार हटाउने गुरुजनप्रति सम्मान व्यक्त गर्दै आज देशभर…





