पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा अवस्थित बगैँचा टोल विकास संस्थाले सदस्यहरुका लागि दुई दिने बाटेको धुप बनाउने तालिम प्रदान गरेको छ ।
मंसिर १ र २ गते गरी सञ्चालन भएको तालिममा करिब ५० जना प्रशिक्षार्थीहरु को सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिक्षक सविना रानामगरले बाटेको धुप बनाउन सिकाएकी थिइन् ।
प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष हरिकृष्ण पहारीले कार्यक्रमको उदघाटन गर्दै, नेपाल सरकारले प्रयोगात्मक शिक्षालाई शहर बजार हुदै गाउँ गाउँमा रहेका नागरिकहरुलाई प्रदान गरेमा नेपालमा गरिबको संख्या घटाउन सकिने बताएका छन । तालिम र ब्यवहारीक ज्ञानले मानिसलाई रोजगारीका अवसर प्रदान गर्ने हुदा आत्मनिभर बन्नका लागि तालिमको महत्वपूर्ण भुमिका रहेको उल्लेख गरे । उनले तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई सीप सिकेर आय आर्जनका कार्यमा लाग्दै स्वरोजगार बन्न आग्रह गरे ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा न ६ का वडा सचिब कुलराज पौडेलले आफ्नै गाँउघरका मौलिक बस्तुहरुलाई हाम्रा पूर्खाहरुले बिभिन्न किसिमका उपभोग्य बस्तुहरु बनाउने गरेर आर्य आर्जनको माध्यम बनाइ बजारमा विक्री वितरण गर्ने गरेको सुनाए । अहिलेको बर्तमान अवस्थामा हामीहरुले कस्मेटिक बस्तुहरुलाई बढी महत्व दिदा पूर्खाहरुले सिकाएको सिप लोप हुदै गएकोमा दुःख ब्यक्त गरे । उनले पूर्खाहरुले सिकाएको सिपलाई ब्यवहारमा लागु गर्ने सके मात्र कुनै पनि नेपाली नगारिक बिदेशमा गएर पसिना बगाउन्न नपर्नेमा जोड दिए ।
अध्यक्ष मिना ढकालले संस्थाले “हातहातमा काम बगैचा टोलविकासको अभियान” भन्ने उद्देश्यलाई आत्मसात गर्दै आफ्ना सदस्यहरुलाई आर्थिक स्तरमा आत्म निर्भर बनाउने भावनाले तालिमको आयोजना गरिएको बताएकी छन ।
संस्थाका अध्यक्ष मिना ढकालको सभाअध्यक्षमा भएको कार्यक्रममा तालबाराही आरतिका अध्यक्ष गिरीराज अधिकारी, सल्लाहकार प्रेमनारायण अधिकारी, उपाध्यक्ष उर्मिला ढकाल र सचिब रेणु थापा लामिछाने लगायतले तालिमबाट सिकेका सिपहरुलाई आयआर्जनमा लगाउनुपर्नेमा जोड दिए ।
तालिममा सहभागिहरुले तालिममा सिकेको ज्ञान सीपलाई आम्दानी हुने क्रियाकलापमा लगाउने प्रतिवद्धता व्यक्त गरेका थिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत टोलमा सरसफाइ, स्थास्थ्य सचेतना कार्यक्रम, स्वास्थ्य शिविर लगायतका कार्यक्रम गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







