बामदेबको अध्यक्षतामा अखिल नेपाल खेलकुद महासंघ कास्की गठन


     एभरेस्ट आवाज    
     मंसिर ६ गते २०७८ मा प्रकाशित




अखिल नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा वामदेव सुवेदी चयन भएका छन्। महासंघ कास्कीको आज सम्पन्न प्रथम भेलाले सुबेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बास्तोला र सहसचिवमा होमनाथ विक चयन भएका छन्। नव निर्वाचित कार्यसमितिलाई नेकपा माओवादीका केन्द्रीय प्रतिनिधि तथा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दीपक कोइरालालगायतले प्यानल घोषणा गर्दै बधाई ज्ञापन गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।