पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले पोखरा २५ हेमजा स्थित जैसीकुना डहरे देउराली क्षेत्रमा मोटरेवल पुल निर्माण गर्न अभियानको शुरुवात गर्ने बताएका छन् । एक समारोहका बिच पैदल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री बरालले स्थानियको माग भए बमोजिम मोटरेवल पुल निर्माण गर्ने अभियानको सुरुवात गर्ने बताएका हुन् ।
सानो रकममा हालै निर्माण भएको उक्त पुलबाट स्थानियमा छाएको खुसिले आफु निकैै प्रभावित भएको बताउदै मन्त्री बरालले सानो रकमले जनतालाई धेरै खुसि छर्न सकिने जनाए । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले एमाले अध्यक्ष केपी शर्मा ओली दोषी भएको बताउँदै मन्त्री बरालले केपी प्रबृत्ति खराब भएको दाबी गरे । अहंकार र घमण्डले गर्दा केपी प्रबृत्ति नाङगिदै गएको बताए । असली राजनीतिक पार्टी बुझ्न स्थानियलाई मन्त्री बरालले आग्रह समेत गरे । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डको पालामा मध्यपहाडी लोकमार्ग र पोखरा विमानस्थल निर्माण कार्य सुरुवात भएको दाबी गरे । हेमजालाई नमुना सिटिको रुपमा विकास गर्न आफुले चाहेको उनले बताए ।
पोखरा महानगपालिका वडा नम्बर २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले मन्त्री बराल जस्तो नेता भए नेपाल १० बर्षमा सुजरल्याण्ड बन्ने दाबी गरे । नेकपा माओबादी केन्द्र पोखरा महानगर कमिटिका सदस्य माधवशरण पौडेलले विकास निर्माणमा सवै पार्टी एक हुनुपर्ने बताउदै पोखरा २५ बाट उठेको कर भन्दा महानगरले कम बजेट विनियोजजन गर्ने गरेको गुनासा गरे । नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेलले विकास निर्माणमा कुनै पनि राजनीति पार्टीले पूर्वाग्राह गर्न नहुने बताए ।
पर्यटन व्यवसायी बासु त्रिपाठीले हेमजाबासीको खेतिपाती गर्ने थलो पुल पारी भएकोले डहरेदेउराली क्षेत्रमा मोटरेवल पुल आवश्यक भएको बताए । हेमजा आमा समुहका उपाध्यक्ष उमा त्रिपाठीले आफुहरुले घाँस दाउरा तथा खेतिपाती गर्ने जग्गा सुइखेत खोला पारी भएकोले मोटरेवल पुल आवश्यक भएको बताइन् ।
पश्चिमाञ्चल विकास मञ्चका संरक्षक धर्मराज बरालले विकासको लागि पहिलो पूर्वाधार सडक तथा पुलहरु आवश्यक भएको बताए ।
समितिका अध्यक्ष तिर्थराज त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सचिव खिमलाल त्रिपाठी, संचारकर्मी आरती अधिकारी लगायतले जेसीकुना डहरेदेउराली क्षेत्रमा हाल मोटरेवल पुल आवश्यक भएकोमा जोड दिएका थिए ।
करिब ५ लाखको पैदल पुलको निर्माण भएको छ भने उक्त पुल निर्माणमा मन्त्री बरालले आफ्नो निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्र्तगत गत बर्ष दुई लाख रुपैया विनियोजन गरेका थिए । उक्त पुल निर्माणमा अध्यक्ष त्रिपाठी सहितका दाताहरुले समेत सहयोग गर्नु भएको हो भने उक्त पुल निर्माण भए पनि हाल करिब ७० हजार ऋण भएको समितिले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







