हेलिकप्टर दुर्घटनामा भारतीय सेनाका सीडीएस जनरल रावतको निधन


     एभरेस्ट आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित




एजेन्सी । हेलिकोप्टर दुर्घटनामा भारतीय सेनाका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधन भएको छ । तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनामा जनरल रावतको ६३ वर्षको उमेरमा निधन भएको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा जनरल रावत सहित १३ जनाको ज्यान गएको भारतीय वायु सेनाले ट्वीट गर्दै पुष्टि गरेको छ ।दुर्घटनामा जनरल रावतकी पत्नी मधुलिकाको पनि निधन भएको छ । दुर्घटनामा घाइते भएका एक जनाको भने उपचार भइरहेको सेनाले जनाएको छ ।

हेलिकोप्टर कोयम्बटोरमा रहेको सुलुर आईएएफ सैन्य सिविरबाट वेलिङ्गटनमा रहेको ‘डिफेन्स स्टाफ कलेज’ तर्फ जाने क्रममा तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको जनाइएको छ ।


भारतीय वायु सेनाका अनुसार यो एमआई–१७ बी ५ हेलिकप्टर थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।