नौबिसे दुग्ध सहकारीको अध्यक्षमा अधिकारी


     एभरेस्ट आवाज    
     मंसिर २६ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नौबिसे दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा ताथ सातौं अधिवेशनले सरज्यू अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।


संस्थाको उपाध्यक्षमा किरणराज भण्डारी तथा सन्जयबाबु भट्टराई, दुर्गा देवी अधिकारी र पूष्पराज चापागाई क्रमश सचिव, सह—सचिव तथा कोषाध्यक्षमा निर्वाचित भएका छन् ।


अधिवेशनले सदस्यहरुमा वलराम अधिकारी, भवानीप्रसाद ढकाल, शान्ता पौडेल, पार्वती सिग्देल, माया भारती तथा दिपेन्द्र सापकोटा निर्वाचित भएका छन् ।


यस्तै अधिवेशनले बिभिन्न समिति समेत गठन गरेको छ । लेखा समितिको संयोजकमा शक्ति वल्लभ ढकाल रहेका छन् भने सदस्यहरुमा चन्द्रकान्त देवकोटा र अजुर्न आर्चाय चयन भएका छन् ।


त्यस्तै दुग्ध संकलन उपसमितिको संयोजकमा भवानी ढकाल रहेका छन् भने सदस्यहरुमा विक्रम वसौला र शान्ती सुबेदी चयन भएका छन् ।


ऋण समितिको संयोजकमा वलराम अधिकारी रहेका छन् भने शिक्षा समितिको संयोजकमा शान्ता पौडेल र सदस्यहरुमा क्रमश श्याम अधिकारी र राजन राई चयन भएको निर्वाचन संयोजक राजेश्वर शर्माले जानकारी दिएका छन् ।


विभिन्न विधामा कृषकलाई पुरस्कार वितरण गरिएको अधिवेशनको प्रमुख अतिथि वडा नं. २९ का वडा अध्यक्ष चेतबहादुर गुरुङ्ग रहनु भएको थियो । संस्थाका अध्यक्ष बाबुराम ढकालको सभापतित्व सम्पन्न कार्यक्रमको संचालन संस्थाका सचिव सन्जयबाबु भट्टराईले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।