घार्मी ढिकीडाँडा झुप्राङकोट पर्यटन पदमार्गको उद्घाटन


     एभरेस्ट आवाज    
     पौष ५ गते २०७८ मा प्रकाशित




पोखरा । पोखराको घार्मी ढिकीडाँडा झुप्राङकोट लगायतका स्थानलाई समेटेर एकदिने पदयात्रा कार्यक्रमको शुभारम्भ गरिएको छ ।


टेकिङ्ग एजेन्सीज एशोसियसन अफ नेपाल (टान) गणडकीको आयोजना, पोखरा महानगरपालिका वडा नं–१६ र १९ को समन्वय र घार्मी डिकीडाँडा झुप्राङकोट नागीडाँडा सिक्लेस पैदल पर्यटन पदमार्ग समितिको व्यवस्थापनमा शनिबार एकदिने पदयात्रा कार्यक्रमको शुभारम्भ गरिएको हो ।


पदयात्रा कार्यक्रमको संघीय सांसद जगत बहादुर विश्वकर्मा, टान गणडकीका अध्यक्ष शुशील पौडेल र घार्मी डिकीडाँडा झुप्राङकोट नागीडाडाँ सिक्लेश पर्यटन पदमार्ग तथा स्थानीय पर्यटन समितिका अध्यक्ष बासुदेव तिमिल्सनाले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।


कार्यक्रममा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सांसद जगत विश्वकर्माले सो क्षेत्रमा पर्यटनको अत्यन्त सम्भावना रहेको हुँदा नयाँ पदमार्गको रुपमा अगाडी बढाउन आग्रह गरे ।


टानका अध्यक्ष शुशील पौडेलले पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर र पोखराबाट नजिक रहेको सो क्षेत्रबाट देखिने दृश्य र शान्त वातारणमा प्राकृतिक आनन्द लिन चाहने जो कोहीका लागि राम्रो गन्तव्य हुने विश्वास व्यक्त गरे । उनले यस क्षेत्रलाई समेटेर पर्यटकीय क्षेत्रको रुपमा अगाडी बढाउन आफूले सक्दो प्रयास गर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष जीवन प्रसाद आचार्यले यस क्षेत्रको पर्यटन विकासका लागि अघि बढ्ने बताए । गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्माका स्वकीय सचिव नविन विश्वकर्माले मन्त्रालयमा सो क्षेत्रको पर्यटनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सो पदमार्ग समितीका अध्यक्ष वासुदेव तिमिल्सिनाले धेरै पहिलादेखि यस क्षेत्रलाई पर्यटनको रुपमा अगाडि बढाउने कोसिस अहिले आएर पुरा भएको भन्दै खुःशी व्यक्त गरे ।

कार्यक्रममा पयर्टन समितिका उपाध्यक्ष डिल्लीराम पौडेल, सल्लाहकार बलाराम आचार्य, समाजसेवी विपिन आचार्य, पदम गुरुङ्ग, इतिहासविद ठाकुर त्रिपाठी लगायतले सो क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए ।

विभिन्न संघसंस्थाका प्रतिनिधी, जनप्रतिनिधी, पर्यटन व्यवसायी, आमा समुह, टोलविकास संस्थाका प्रतिनिधि र स्थानियको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा ढिकीडाँडा झुप्राङ्गकोट र गर्लाङ्ग होमस्टे सञ्चालक समितीबाट बाजागाजा सहित पदयात्रीहरुलाई भव्य स्वागत गरिएको थियो ।

झुप्राङ्गकोट बाट माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी हिमश्रृङ्खला, पोखरा उपत्यका, पञ्चासे संरक्षण क्षेत्रका साथै मनोरम प्राकृतिक वातावरण नियाल्न पदमार्ग समितिका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।