नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको पदाधिकारी निर्वाचित गरिएको छ।
पुस ७ गते बसेको नवनिर्वाचित २९ सदस्यीय केन्द्रीय कार्य समितिको बुधबार बसेको बैठकले नाडाको संशोधित विधान २०.७ बमोजिम पदाधिकारीसहित २९ जनाको केन्द्रीय कार्य समिति तथा २ जना आमन्त्रित सहित ३१ सदस्सीय केन्द्रीय कार्य समितिको निर्वाचन गरेको हो।
जसअनुसार अध्यक्षमा ध्रुवबहादुर थापा, निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, संस्थागत उपाध्यक्षमा सुभाष आचार्य र मोहनबाबु खड्का, उपाध्यक्षमा राजनबाबु सुनिल रिजाल, निराकार श्रेष्ठ छन्। महासचिवमा सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंघानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सह–कोषाध्यक्षमा पंकज अग्रवाल छन्।
संस्थागततर्फ प्रदेश २ जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तेजनारायण साह, प्रदेश ३ हेटौडा अटोमोवाइल्स एसोसिएसन सुदेशकुमार श्रेष्ठ, प्रदेश ५ लुम्बिनी अटोमोवाइल्स एसोसिएसन अफ नेपाल गणेश भट्टराई, प्रदेश ६ कर्णाली अटोमोवाइल्स एसोसिएसन नेपाल भद्र भण्डारी, प्रदेश ७ सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन पुष्कर ओझा छन्।
त्यस्तै, आकाश गोल्छा, प्रकाश कपुरी, अभिक ज्योति, अनुपकुमार बराल, कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, बरदान बस्नेत, गोपाल भट्टराई छन्।
त्यसैगरी, अध्यक्षबाट मनोनीत सदस्यहरुमा दिपककुमार अग्रवाल, सोहनबहादुर श्रेष्ठ र अभिमन्यू गोल्छा छन्।
आमन्त्रित सदस्यहरुमा निशान ढकाल र अमृत जोशी छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





