गण्डकी प्रदेशको ८५ वटै स्थानीय तहमा आफ्नै डाटा सेन्टर स्थापना गरिदँैछ।
गण्डकी प्रदेश सरकारले प्रदेशका स्थानीय तहहरुमा आफ्नै डाटा सेन्टर स्थापना गर्ने लागेको हो।
एक वर्षभित्रै डाटा सेन्टरको संपूर्ण काम सम्पन्न गरी सचालनमा ल्याउन प्रदेश सरकारले तयारी थालेको हो।
गण्डकीका सबै तथ्यांकहरू राख्नको लागि सरकारले डाटा सेन्टरको स्थापना गर्न लागेको हो।
डाटा सेन्टर स्थापना गर्न प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ। पोखराको ड्यामसाइडमा मेन कन्ट्रोल डाटा सेन्टर रहने छ भने अन्य स्थानीय तहमा समेत डाटा सेन्टर रहनेछ।
अहिलेसम्म गण्डकी प्रदेशका सरकारी तथ्यांकहरू संघीय सरकारकै मातहतमा छन्। प्रदेश सरकार अन्तर्गतका स्थानीय तह तथा कार्यालयहरूको तथ्यांक सुरक्षित राख्न डाटा सेन्टर स्थापना गर्न लागेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





