गोरखा उद्योग बाणिज्य संघको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन्।
श्रेष्ठ सर्वसम्मत अध्यक्ष बनेका हुन्। संघको वरिष्ठ उपाध्यक्षमा भगवानबाबु मास्के र उपाध्यक्षमा अस्मकबाबु श्रेष्ठ चयन भएका छन्।
कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा र महिला उपाध्यक्षमा रिता रेग्मी अर्याल छन्।
केही पदमा सर्वसम्मत भएपनि महासचिवलगायत पदमा भने चुनाव भएको थियो। महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा चन्दनबाबु खत्री निर्वाचित भएको संघले जनाएको छ।
सदस्यहरूमा दीपकबाबु श्रेष्ठ (अनु), मनकाजी श्रेष्ठ, सुरेन्द्र कुँवर, शरण श्रेष्ठ, बसन्त बस्नेत, अयोद्या जोशी र शिवध्वज खत्री निर्वाचित भएका छन्।
यस्तै बस्तुगततर्फ कार्यसमिति सदस्यमा पर्वबहादुर विक सर्वसम्मत चयन भएका थिए।
अधिवेशनमा संस्थापन पक्षको प्यानल र रामहरि केसी नेतृत्वमा नयाँ प्यानलबीच प्रतिस्पर्धा हुँदा संस्थापन पक्षले जितेको छ। खसेको ६७० मतमध्ये केसीले महासचिव पदमा जम्मा २७५ मत ल्याए। महासचिवमा निर्वाचित भएका प्रकाशचन्द्रले भने ३५५ मत ल्याएका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







