यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ।
फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो। कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मंगलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ।
झन्डै ७ लाख प्रति लाइसेन्स छाप्न बाँकी छ। विभागले ३ सिफ्टमा दैनिक ७ देखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ। एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ।
विभागले नयाँ आवेदन खुला गरिरहेको छ। आवेदन दिएकामध्ये २५/३० प्रतिशतले ट्रायल पास गर्ने गरेको विभागले जनाएको छ। विभागका अनुसार अब थप ७ लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३१ कास्कीमा वर्षायाम भरी नदी तथा खानीजन्य पदार्थ (ढुंगा,…





