गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोबाटे बि.क.ले सहकारीले कृषि र उत्पादनको क्षेत्रमा लगानी कर्र्जा बढाउन जोड दिएका छन्।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको हालै सम्पन्न पाँचौ अधिवेशन तथा १२ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री बि.क.ले सहकारी क्षेत्रले उत्पादन भन्दापनि उनुत्पादक क्षेत्रमा लगानी बढाएको उल्लेख गरे।
कोरोना महामारीकै बीचपनि सहकारीले हासिल गरेको आर्थिक उपलब्धी गर्व गर्न लायकको रहेको मन्त्री बि.क.ले औँल्याए।
कार्यक्रममा संस्थाका सल्लाहकार नविन किरण भुषाल, संस्थाका निवर्तमान अध्यक्ष शिवप्रसाद सापकोटा, भोजाराज सुवेदी, राधिका शाही योगी, इन्द्रप्रसाद बराल, सीएमसी कास्कीका सचिव मोहनप्रसाद अधिकारी, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष छविलाल लामिछाने, रानीवन साकोसका अध्यक्ष प्रेमप्रसाद सुवेदी लगायतले बोलेका थिए।
कार्यक्रममा संस्थाकी उत्कृष्ट कर्मचारी सुरक्षा सापकोटालाई सम्मान गरेको थियो।
पोखराको पृथ्वीचोकस्थित पोखरा मलमा मुख्य कार्यालय रहेको संस्थाको पोखरा महानगरभित्रका सबै वडाहरु र रुपा गाउँपालिका वडा नं ६ कार्यक्षेत्र छ।
संस्थाले आफ्ना सदस्यहरुलाई स्मार्ट मोबाइल बैंकिङ सेवा क्युआर कोड लगायतका आधुनिक प्रविधिमार्फत २४ घण्टा सेवा प्रदान गर्दै आएको छ।
९४७ जना सेयर सदस्य रहेको संस्थाको हाल सेयर पुँजी ७ करोड, ५९ लाख, ६२ हजार ३ सय छ। त्यस्तै, २० करोड ७८ लाख, ४२ हजार ४ सय ३० बचत निक्षेप तथा ३० करोड, २३ लाख, १० हजार ७ सय ९८ रुपैयाँ कर्जा लगानी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







