राष्ट्रिय सभा निर्वाचनमा उमेदवारले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउने


     एभरेस्ट आवाज    
     पौष २२ गते २०७८ मा प्रकाशित




राष्ट्रिय सभा सदस्य निर्वाचनमा उमेदवारहरुले ३ लाख ५० हजार मात्रै खर्च गर्न पाउनेछन्।

आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको हो ।

निर्वाचन आयोगले तेकेअनुसार मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्नेछन्।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उमेदवारहरुले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाउनेछन्। त्यस्तै, कार्यालय संचालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ। यसैगरी, गोष्ठी र अन्तरक्रियाका लागि १ लाख, कार्यालय संचालनमा ३० हजार र प्रतिनिधि परिचालनका लागि ३० हजार रुपैयाँ खर्च गर्न पाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।