वालिङमा पनि राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा


     एभरेस्ट आवाज    
     पौष २६ गते २०७८ मा प्रकाशित




स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) को दिन भोली (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नगरपालिकाले आइतबार एक सूचना निकाल्दै पुस २७ गते मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

पृथ्वीनारायण शाहप्रति सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।