नेकपा एमाले पर्वतको अध्यक्षमा पौडेल


     एभरेस्ट आवाज    
     पौष २७ गते २०७८ मा प्रकाशित




नेकपा एमाले पर्वतको अध्यक्षमा राजु पौडेल निर्वाचित भएका छन्।

पार्टीको नवौँ पर्वत जिल्ला अधिवेशनबाट सर्वसम्मतरुपमा पौडेलको नेतृत्वमा जिल्ला कार्यसमिति चयन गरेको हो।

महाशिला गाउँपालिका अधयक्ष समेत रहेका पौडेल यसअघि, नेकपा एमाले प्रदेश कमिटी सदस्य थिए।

त्यसैगरी, पदाधिकारीमध्ये उपाध्यक्षमा पदमपाणी शर्मा, सचिवमा गोविन्द पहारी, सह–सचिवमा शिव पौडेल र विमल लामिछाने निर्वाचित भएका छन्। पर्वत जिल्ला कार्यसमितिका ९० जना पदाधिकारी सर्वसम्मत चयन गरिएको निर्वाचन कमिटीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।