सिनेट छिरेको ४७ वर्षपछि जो बाईडेनलाई राष्ट्रपति बन्ने अवसर प्राप्त भएको छ । उनी सन १९७३ मा सिनेट सदस्य बनेका थिए । जतिबेला अहिलेका कयौं परिचित र चर्चित अमेरिकी नेताहरुको नामोनिसानसमेत थिएन । उनी सातौंपटकसम्म सिनेट सदस्य बनिसकेका छन् ।
४७ वर्ष पहिले सिनेट सदस्य बनेका जो बाईडेन अहिले ४७ वर्ष पछि अमेरिकी राष्ट्रपतिमा सर्बाधिक मत प्राप्त गर्दै निर्वाचित भएका छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाईडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले जितका लागि २७० ईलेक्टोरल भोट आवश्यक पर्ने भएपनि २७३ ईलेक्टोरल भोट प्राप्त गरेका छन् । उनले समग्रमा ७ करोड ३० लाख भन्दा बढी मत प्राप्त गरेका छन् । जुन अमेरिकी निर्वाचनको ईतिहासमा निर्वाचित राष्ट्रपतिले प्राप्त गरेको ईतिहासकै सबैभन्दा धेरै मत हो ।
राष्ट्रपतिमा निर्वाचित बाईडेन दुईपटक अमेरिकाको उपराष्ट्रपति बनिसकेका छन् । उनी बराक ओवामा राष्ट्रपति हुँदा सन २००९ देखि २०१७ बिचको समयमा उपराष्ट्रपति बनेका थिए ।
प्रभावकारी भाषण उनको सबैभन्दा शक्तिशाली हतियार हो । बोल्दा धारा प्रवाह बोल्ने र स्पष्ट बोल्ने गुणका कारण उनका अवगुणहरु ओझेलमा पर्नेगरेका छन् । उनी रोबट शैलीमा योजनाबद्ध रुपमा बोल्छन् भने शब्दहरुपनि तौलिएर तार्किक रुपमा प्रस्तुत गर्ने गर्दछन् । जसका कारण उनका भाषण सुन्ने श्रोता दर्शक मन्त्रमुग्ध हुन्छन् । उनी सानैदेखि भकभके भएपनि बोल्दा उनको उक्त कमजोरी कसैलेपनि पत्ता लगाउन सक्दैन । लेखेको भाषण पढ्दा सानैदेखिको उक्त भकभकाउने समस्या आउने भयले बाईडेन मनका कुरा बोल्ने भन्दै अलिखित भाषण गर्ने गर्छन् ।
प्रभावकारी भाषण सकिएपछि उनी दर्शकहरुलाई अभिवादन गर्छन् र दर्शक दीर्घामा गएर अंकमाल गर्ने, चुम्वन गर्ने, हात मिलाउने र फोटो खिचाउने गर्दछन् । उनको यो स्टार शैली धेरैले मन पराउँछन् ।
बाईडेन कहिलेकाहिं भने बहकिन्छन् र हुँदै नभएको कुरापनि बनाएर झुट पस्किन्छन् । जसका कारण उनी कहिलेकाहिं विवादमासमेत तानिने गर्छन् । सोहि कारण उनलाई ‘जिब्रो बम’समेत भन्ने गर्छन् । धारा प्रवाह भाषण गर्दा उनले आफूलाई शक्तिशाली देखाउन र जनताको सहानुभूति लिन यस्तो खालको हत्कण्डा मच्चाउने गरेको आरोप लाग्ने गरेको छ । एकपटक उनले अमेरीकाका ८ राष्ट्रपतिसँग नजिकको सम्बन्ध रहेको र ती मध्ये ३ जनासँग त अन्तरंग सम्बन्ध भएको सार्वजनिक भाषणमै बताएका थिए । जसलाई धेरैले यौन सम्बन्धका रुपमा ब्याख्या गरेका थिए । त्यस्तै उनले विश्वका सबै राष्ट्र प्रमुख र शक्तिशाली व्यक्तिहरुसँग आफ्नो सम्बन्ध रहेको दाबी गर्ने गरेका छन् ।
बाईडेनलाई गत वर्षमात्रै यौन दुराचारको आरोपसमेत लागेको थियो । गत वर्ष उनलाई ८ महिलाले आफूहरुलाई अनुचित रुपमा स्पर्ष गरेको, अंगालो हालेको र चुम्वन गरेको आरोप लगाएका थिए । बाईडेनलाई गत मार्चमा उनकी पूर्व सहयोगी तारा रिड नामक महिलालेसमेत ३० वर्ष पहिले आफूमाथि यौन आक्रमण गरेको आरोप लगाएकी थिईन् । तर बाईडेन र उनको प्रचार कार्यालयले तारा रिडले भनेजस्तो घट्ना नभएको र उनले गलच आरोप लगाएको भन्दै विज्ञप्ती नै जारी गरेका थिए ।
बाईडेन प्रभावशाली व्यक्ति भएपनि उनको विगत भने पारिवारिक वेदनाले भरिएको छ । उनी पहिलोपटक सिनेट सदस्यमा निर्वाचित भएको तर सपथको तयारी हुँदै गर्दा उनकी श्रीमती नेलिया र छोरी नाओमीको दुर्घटनामा परेर मृत्यू भएको थियो । सो दुर्घटनामा दुई छोराहरु बो र हन्टरपनि घाईते भएका थिए । सन २०१५ मा उनको छोरा बो कोपनि मस्तिस्कमा ट्यूमर भएर मृत्यू भएको थियो । पारिवारिक पीडाकै कारणपनि अमेरीकन जनताको उनीप्रति सहानुभूति रहेको बताईन्छ ।
बाईडेन शान्त स्वाभावका छन् । उनी युद्धबिरोधी अडानको कट्टर समर्थक हुन् । उनले ओसामाविन लादेनलाई समात्ने विशेष कार्वाही नगर्नसमेत तत्कालिन राष्ट्रपति बराक ओवामालाई सुझाएका थिए । तर उनको सुझावलाई बेवास्ता गर्दै सो कार्वाही चलाउँदा लादेनको मृत्यू भएको थियो । श्रोत ः विविसी हिन्दी
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






