मुलुकलाई विभाजित गर्दिन, रातो र निलो रंग भन्दिन : जो बाइडेन


     एभरेस्ट आवाज    
     कार्तिक २३ गते २०७७ मा प्रकाशित




अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि जो बाइडेनले देशवासीलाई सम्बोधन गर्दै अमेरिकी मुलुकलाई विभाजित नगरी जोड्ने बताएका छन्।

गृहराज्य डेलवरको विलमिङटनबाट सम्बोधन गर्दै बाइडेनले भनेका छन्, ‘मुलुकलाई विभाजित नगरी जोड्नेछु, रातो निलो रंगको राज्यलाई हेर्दिन, संयुक्त राज्य अमेरिका आफ्नो दृष्टिमा रहनेछ, तीतो बयानबाजी छोडेर एक अर्कालाई मौका दिएर हेर्नुपर्नेछ।’

उनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गरेका छन्। जनताको भरोसालाई विनम्रतापूर्वक स्वीकार गरेको बताउँदै बाइडेनले आफू कुनै पार्टीको नभई अमेरिकाको राष्ट्रपति बनेको उल्लेख गरे।

सबैको साथ र सहयोगले अमेरिकालाई मजबुत बनाउने उनको जोड थियो। सम्बोधनका क्रममा नवनिर्वाचि राष्ट्रपति बाइडेनलले आफ्नो पहिलो काम कोरोना भाइरसको नियन्त्रण रहने पनि बताएका छन्।

यसका लागि उनले सोमबार नै बैज्ञानिक र विशेषज्ञहरुको एक समुह घोषणा गर्ने पनि जानकारी दिएका छन्।

राष्ट्रपति ट्रम्पका समर्थकहरुलाई सम्बोधन गर्दै बाइडेनले आफ्ना प्रतिद्धन्द्धिहरुलाई शत्रु मान्न छोड्नका लागि आग्रह गरेका छन्। उनले आफूलाई मत नदिनेहरुका लगि पनि उत्तिकै मेहनतका साथ काम गर्ने बताए।

आफ्नो सम्बोधनको अन्त्यमा बाइडेनले भनेका छन्, ‘भरोसा फैलाउनुहोस, तपाईहरुलाई धेरै माया, ब्लैस अमेरिका।’

यति भनेपछि उनका परिवारका सदस्यहरु मञ्चमा उक्लिए। त्यसपछि आतिशबाजी गरिएको थियो। अमेरिकाका विभिन्न शहरमा उनका समर्थकहरुले खुसीयाली मनाइरहेका छन्।

एजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।