गण्डकी प्रदेश सरकारले ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय गरेको छ । ट्याक्सीको भाडादर समायोजन गर्नुका साथै ट्याक्सीमा मिटर प्रणाली लागु गर्ने निर्णय प्रदेश सरकारले गरेको गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले जानकारी दिए । सरकारले ट्याक्सीमा फ्ल्याग डाउनमा १५ किलोमिटरसम्मको ८० रुपैयाँ कायम गर्नुका साथै प्रत्येक २०० मिटरमा १० रुपैयाँका दरले भाडा समायोजन गरेको उनले जानकारी दिए । १५ किलोमिटर भन्दा बढी दुरीमा भने यो नियम नहुने उनले बताए । ‘१५ किलोमिटर माथिको दुरीमा प्रति किलोमिटर ३७ रुपैया ५० पैसाका दरले भाडादर कायम गरिएको छ’–उनले भने ।
सरकारले ट्याक्सीमा बिलसहितको मिटर अनिवार्य गरेको छ । मन्त्री परिषदको निर्णय जानकारी गराउँदै मन्त्री खड्काले भने,‘पुराना ट्याक्सीले निश्चित समयअवधीमा ट्याक्सीमा मिटर राखिसक्नुपर्छ, नया ट्याक्सीले किन्दाखेरी नै बिलसहितको मिटर जडान गर्नुपर्ने प्रावधान अनिवार्य गरेको छ ।’ त्यस्तै, ट्याक्सी चालकलाई पोषाक अनिवार्य गरिएको छ भने ट्याक्सीमा अन्र्तराष्ट्रिय मापदण्ड र ऐनले तोके अनुसारको रंग लगाउन भनेको छ । त्यसका साथै ट्याक्सी चालकले आफ्नो नाम, ट्याक्सी नम्बरसहितको परिचय पत्र यात्रुले देख्ने गरि राख्नुपर्ने तथा यात्रुलाई परिचय खुल्ने भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने प्रावधान बनाएको मन्त्री खड्काले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







