कोभिड–१९ बाट मृत्यु भएकाको परिवारले आर्थिक सहयोग प्राप्त गर्ने भएका छन्।
स्वास्थ्य कार्यालय तनहुँले कोभिड–१९ बाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहायता प्रदान गर्न लागेको हो।
कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी अवधारणापत्र २०७८ बमोजिम आर्थिक सहयोग गर्न लागिएको कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिएका छन्।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य शाखा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको कार्यक्रममार्फत कोभिडबाट मृत्यु भएका परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहायता उपलब्ध गराइनेछ। जिल्लाका १० वटै पालिकामार्फत कोभिडबाट मृत्यु हुनेको विवरण माग गरिएको अधिकारीले बताए।
आर्थिक सहायता प्राप्त गर्नका लागि मृतकका परिवारले कोभिड–१९ पोजेटिभ भएको रिपोर्ट, अस्पतालमा मृत्यु भएको प्रमाणपत्र, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने मृतकको नजिकको नातेदारको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, आर्थिक सहायता दाबी गर्ने नजिकको नातेदारको मृतकसँगको नाता प्रमाणित अनिवार्य पेस गर्नुपर्ने प्रावधान छ।
तनहुँमा कोभिड–१९ बाट १५६ जनाको मृत्यु भएको तथ्यांक छ। त्यसमध्ये महिला ६१ र पुरुष ९५ छन्। दोस्रो लहरको कोरोना सुरु भएपछि वैशाखयता मात्रै १२९ जनाको मृत्यु भएको थियो। भानुका ९, व्यासका ४५, शुक्लागण्डकीका ५४, भिमादका २४, म्याग्देका १०, घिरिङका ६, ऋषिङका १, देवघाटका १, बन्दिपुरका ३ र आँबुखैरेनीका ३ जनाको कोरोना संक्रणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







