बिहानी सहकारीका सदस्यलाई लाईफकेयर ल्याबमा ३० प्रतिशतसम्म छुट


     एभरेस्ट आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित




पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा।लि। ९लाइफकेयर ल्याब०ले सभागृहचोकमा मुख्य कार्यालय रहेको विहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई छुट दिने भएको छ । लाईफकेयर ल्याब र विहानी सहकारीबीच छुट सम्झौता भएको हो । सम्झौतापत्रमा लाइफ केयरका प्रवन्ध निर्देशक शुक्रराज कडेंल, प्याथोलोजी विभागका प्रमुख सुमनराज पौडेल र सहकारीको तर्फबाट अध्यक्ष धर्मराज भण्डारी र सचिव सुजनबाबु अधिकारीले शुक्रबार हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार अब लाइफकेयर ल्याबमा सहकारीका सदस्यले ल्यावमा परीक्षण गर्दा ३० प्रतिशत सम्म छुट प्राप्त गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

सो अवसरमा सहकारीका उपाध्यक्ष सुशिला अधिकारी, कोषाध्यक्ष शान्तीकुमारी सिग्देल, सहकोषाध्यक्ष गोविन्द भट्टराई, संचालक राजेश भण्डारी, गायत्री अर्याल, सहायक कार्यकारी प्रमुख अनुज पौडेल लगायत उपस्थित थिए ।

सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा बोल्दै लाइफकेयर ल्यावका प्रवन्ध निर्देशक शुक्रराज कँडेलले रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको जानकारी दिए । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्एन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ, उनले भने । ल्यावले सेवाग्राहीलाई गुणस्तरिय तथा सर्वसुलभ तरिकाले सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।