वैदेशिक रोजगारमा युएई पुगेर अलपत्र परेका तनहुँका २ युवासहित ८ जनाको उद्धार गरिएको छ।
तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट सहित गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाईलाई काठमाडौंको टोखास्थित ट्रिपलस्टार म्यानपावरले उद्धार गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठको पहलमा ट्रिपलस्टार म्यानपावरले युएईमा अलपत्र युवाहरुको उद्धार गरेको हो।
श्रममन्त्री श्रेष्ठले ति युवाहरुलाई तत्काल उद्धार गर्न चेतावनी दिएपछि पठाउने म्यान पावर कम्पनीले नै सोमबार ८ जनालाई उद्धार गरेर नेपाल ल्याएको हो।
यसरी नेपाल फर्कनेमा युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ समेत गरेको थियो।
यसैबीच, केही समयअघि साउदी अरेवियामा विरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरवको जेद्धामा स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ। साउदी अरवस्थीत जेद्धामा कोठामा छटपटाइरहेका रानाको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि श्रममन्त्री श्रेष्ठले चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए।
नेपाली दुतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो। रानासहित साउदी अरवमा अलपत्र परेका ४ नेपाली युवालाई समेत सोमबार स्वदेश फिर्ता गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







