महालक्ष्मी लाइफ इन्स्योरेन्स पोखराले मनायो तेस्रो बार्षिकोत्सब


     एभरेस्ट आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित




महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष कार्यक्रमको आयोजना गरी आफ्नो तेस्रो वार्षिकोत्सव मनाइएको छ।

स्थापनाको तेस्रो बर्ष पूरा गरि चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो कम्पनिका देशभरका ६३ वटा शाखाले बार्षिकोत्सब मनाउने योजना तय भए बमोजिम पोखरामा पनि कार्यक्रम आयोजना गरिएको जनाइएको छ।

लिमिटेडका गण्डकी क्षेत्रीय प्रबन्धक अखिल धमलाले कार्यक्रममा बोल्दै स्थापनाको छोटो अबधिमा उल्लेखनीय सफलता हासिल गरेको जिकिर गरेका छन्। छिट्टै अग्रणी बिमा कम्पनीको रुपमा स्थापित गर्न आफुहरु लागि परेको धमलाको भनाई छ।

कम्पनीका पोखरा शाखा प्रमुख रामजीप्रसाद लम्सालले प्रत्येक घरमा कम्तिमा पनि एक बीमा अभियान अन्तर्गत आफूहरु आक्रामक बजार प्रबर्द्धनको योजना सहित अब टोल टोलमा युबा सँग महालक्ष्मी लाइफ कार्यक्रम मार्फत पुग्न लागेको जानकारी दिए। गौरबमय
उनले बीमा साक्षारता कार्यक्रममार्फत युबाहरुलाइ रास्ट्र निर्माणको महाअभियान अगाडी बढाउनु आफूहरुको ध्येय रहेको उल्लेख गरे। संपूर्ण युबाहरुलाई यो अभियानमा सरिक हुन उनले आब्हन समेत गरे।

कार्यक्रममा विभिन्न महिनामा उत्कृष्ट कार्य गर्ने एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूलाई सम्मान गरिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।