पोखरामा पनि आजदेखि दूधको मूल्य बढ्यो


     एभरेस्ट आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित




पोखरामा पनि आज फागुन १ गतेबाट दूधको मूल्य बढेको छ।

होलमिल्क आधा लिटरको ५७ रुपैयाँ, स्टाण्डर्ड दूध आधा लिटरको ४२ रुपैयाँ ५० पैसा र आधा लिटर दहीको ७० रुपैयाँ मूल्य कायम गरिएको हो।

पोखरा दुग्ध प्रशोधन व्यवसायी संघको बैठकले फागुन १ गतेबाट लागू हुने गरी दूधको मूल्य बढाएको हो।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूधको मूल्यमा समायोजन गरेसँगै लागत बढी परेकाले मूल्य बढाइएको पोखरा दुग्ध प्रशोधन व्यवसायी संघले जनाएको छ । मन्त्रिपरिषद् बैठकले दूधको साविक मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा मूल्य बढाएको थियो। यसअघि सरकारले एक लिटर दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा कायम गरेको थियो।

सरकारको घोषणाअनुसार हाल एक लिटर दूधको मूल्य ५६ रुपैयाँ ४ पैसा कायम भएको छ। समर्थन मूल्य यति भएपनि दुग्ध विकास संस्थानले खुला दूधको मूल्य भने ७६ रुपैयाँ तोकेको थियो। त्यसमा कास्कीका दूध उत्पादक किसानहरुको चित्त बुझेको छैन। उनीहरुले प्रतिलिटर दूधमा १० रुपैयाँ बढाउने घोषणा गरिसकेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।