पोखरा महानगरका कानूनी सल्लाहकार अर्याल ठगी आरोपमा पक्राउ


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित




पोखरा, फागुन ३

पोखरा महानगरपालिकाका कानूनी सल्लाहकार कमल अर्याल ठगी आरोपमा पक्राउ परेका छन् । अधिवक्ता अर्याललाई ठगी आरोपमा उजुरी परेपछि कास्की प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अधिवक्ता अर्याललाई पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले आफूसहित महानगरको कामकारवाहीमा कानूनी सल्लाह लिन नियुक्त गरेका थिए । मेयर जिसीको सचिवालय सो सरह नियुक्त गरिएपनि उनले उपमेयरसहित महानगरको सम्पूर्ण कामकारवाहीमा कानूनी सल्लाह दिदै आएका थिए । महानगरको कानूनी सल्लाहकार भनेर नियुक्त गरिएपनि मेयर जिसीको पदावधी सकिएसँगै उनीपनि पदमा नरहने महानगर श्रोत बताउँछ ।

अधिवक्ता अर्यालले अन्नपूर्ण गाउँपालिकाको न्यायिक समितिले गरेको भैंसी चोरी सम्बन्ध िमुद्धामा न्यायाधीसलाई सेटिङगरेर मिलाई दिने भन्दै पैसा लिएको आारोप छ । ठगीको उजुरी परेपछि कास्की जिल्ला अदालतको आदेश लिएर पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । हाल उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।