बिहारको विधान सभा निर्वाचनको मतगणना आज गरिँदै


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०७७ मा प्रकाशित




कार्तिक २५ पोखरा । भारतको बिहारमा सम्पन्न विधान सभाको मत गणना आजदेखि सुरु गरिने भएको छ ।

शनिबार सम्पन्न तेस्रो चरणको विधान सभा निर्वाचनको मत परिणाम आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

निर्वाचनमा वर्तमान मुख्यमन्त्री नितिश कुमार र प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी गठबन्धन र पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजश्वी नेतृत्वको गठबन्धन विच कडा कडा टक्कर हुने बिश्लेषण गरिएको छ ।

बिहार बिधानसभामा कुल २ सय ४३ सीट रहेकोमा सरकार गठनका लागि १ सय २२ सीट ल्याउनु पर्ने प्रावधन छ । एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।