पोखरा, १६ फागुन । पोखरा ६ बैदाम निवासी समाज सेवी तथा पर्यटन ब्यवसायी प्रभा पौडेल सुवेदीले आफ्नो जेष्ठ सुपुत्र अपार राज सुबेदीको जन्मदिनको अबसरमा विधार्थीहरुलाई कापि कलम हस्तान्तरण गरि जन्मोत्सब मनाएकी छन ।
आइतबार एक कार्यक्रमको आयोजना गरी पोखरा ६ बैदाममा अवस्थित श्री ताल बाराही उच्च मा.विमा अध्यनरत करिब २५ जना जेहेन्दार छात्रा तथा छात्रहरुलाई कापि कलम सहित स्टेशनरी समान प्रदान गरेकी थिइन ।
कार्यक्रममा उनले जन्मदिन, विबाह उत्सव जस्ता कार्यक्रमहरुमा गरिने अनावश्यक फजुल खर्चको रकमलाई कटाएर विद्यालय जस्तो पबित्र स्थलमा सहयोग गर्ने सकेमा विद्यालयमा अध्यनरत विद्यार्थिहरुको मुहारमा खुशि छाउने बताउदै, विद्यालयमा सहयोग गर्नु पर्ने कुरामा जोड दिइन ।
उच्च शिक्षा अध्यनका लागि अष्ट्रेलियमा अध्यनरत छोरा अपार राज को इच्छा र चाहना अनुसार नै आफुले सहयोग गरेको सुनाइन । उपस्थित विद्यार्थिहरुलाई राम्रो सगँ अध्यन गरी योग्य नागरिक बन्न आग्रह गर्दै, आउने दिनहरुमा पनि बिद्यालय प्रति सहयोग गर्ने बचन दिएकी थिइन ।
बिद्यालयका प्र.अ तारा प्रसाद पोखरेलले सहयोग नै ठुलो धर्म भन्ने उद्देश्य राखेर सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै, सहयोग दाता सुवेदीलाई आगामी दिनहरुमा पनि सहयोगी हात लिएर आउन आग्रह गरे ।
सन्जिता न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा समाज सेवी नेत्रपाणी न्यौपाने, सन्तोष पौडेल, विकास लामिछाने र पबिराज बरालले लगाएतले राम्रो कामको सुरुवात भनि आफ्ना भनाइ राखेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





