काठमाडौ । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसद्बाट अनुमोदन गरिनुलाई स्वतन्त्र विद्युत् उत्पादकको संस्था (इपान) ले स्वागत गर्दै यसले नेपालको विद्युत् क्षेत्रको विकासमा नयाँ आयाम थपेको बताएको छ ।
आगामी चैत १८ देखि २० गतेसम्म सङ्घीय राजधानीको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको तेस्रो हिमालयन हाइड्रो एक्स्पोको बारेमा जानकारी दिन आज आयोजना गरिएको पत्रकार सम्मेलनमा इपानका उपाध्यक्ष आशिष गर्गले भने, ‘‘यो सम्झौताले खासगरी प्रशारण लाइनको समस्या झेलिरहेका हामी विद्युत् उत्पादक तथा प्रवद्र्धकका लागि त झनै उत्साह थप्नुको साथै नयाँ सम्भावनाको ढोका खोलेको छ । यसले मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन मद्दत पुग्नेछ ।’’
देशमा आन्तरिक विद्युत्को खपत बढाउन र विद्युत् व्यापारलाई प्रवद्र्धन गर्न आगामी चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा तेस्रो हिमालयन हाइड्रो एक्स्पोको आयोजना हुन लागेको हो । इपानको आयोजनामा हुन लागेको सो एक्स्पोमा स्वदेशी र विदेशी गरी सयवटा स्टल राखिनेछ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







