पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०७८ मा प्रकाशित




पोखरा । पृथ्वी होटल व्यवसायी समितिको अध्यक्षमा बालकृष्ण निउरे चयन भएका छन् ।

समितिको शनिबार पोखरामा सम्पन्न नवौं साधरण सभा तथा पाँचौं अधिवेशनले निउरेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका घिमिरे, उपाध्यक्षमा मोति श्रेष्ठ, महासचिवमा जीवन भण्डारी, सचिवमा राजु सुनार, कोषाध्यक्षमा ऋषिराम पौडेल (कृष्ण) र सह–कोषाध्यक्षमा सुनिता पन्त पौडेल चयन भएका छन् ।

यस्तै समितिको सदस्यहरुमा विदुर गिरी, रमेश लामीछाने, राजु घिमिरे, कृष्ण प्रसाद पौडेल, विष्णु प्रसाद पाण्डेय, विदुर ढुङ्गना, प्रलाहदजंग मरासीनी, मेघनाथ रिमाल, इन्दुदेवी श्रेष्ठ कञ्चन बराल शर्मा चयन भएको नवनिर्वाचित महासचिव जीवन भण्डारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।