तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७८ मा प्रकाशित




तनहुँ दुग्ध व्यवसायी संघको अध्यक्षमा कालिका पौडेल चयन भएका छन्।

दमौलीमा सोमबार सम्पन्न भेलाबाट पौडेलको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय कार्यसमिति चयन गरेको हो।

जसको उपाध्यक्षमा राजेन्द्रध्वज अधिकारी, सचिवमा रमेशप्रसाद आचार्य, सह–सचिवमा युवराज ढकाल, कोषाध्यक्षमा सन्तोष पौडेल तथा सह–कोषाध्यक्षमा मधु पन्त छन्।

त्यस्तै, सदस्यहरुमा ईश्वर खनाल, अशोक तिमिल्सिना, भगवती जिसी, पन्नाराजु अधिकारी, रमेश तिमिल्सिना, भानुभक्त सोती, लक्ष्मण पाण्डे र मनु नेपाली छन्।

जिल्लाभर छरिएर रहेका दुग्ध व्यवसायी एकीकृत गर्ने उद्देश्यले संस्था गठन गरेको नवनिर्वाचित सचिव रमेशप्रसाद आचार्यले बताएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।