पोखरा । १७ औं लेखनाथ महोत्सवमा मंगलबार चर्चित लोकदोहोरी गायक पशुपती शर्मा र प्रिती आलेको गीतमा दर्शकले मनोरञ्जन लिएका छन् । उनीहरुले महोत्सवमा आफ्ना प्रस्तुती राख्दा समर्थनमा दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।
कार्यक्रममा गायक शर्मा र लोकदोहोरी गायीका प्रिती आलेका विच केही समय दोहोरी व्याटल समेत भएको थियो । भने दुबैले आफ्नाचर्चित गीतबाट महोत्सवका दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । साथै महोत्सवमा गायीका सरस्वती लामिछाने र बालचन्द्र बरालको गीतमा दर्शक कम्मर मर्काई–मर्काई नाचेका थिए ।
महोत्सवमा डायमण्ड मा.वि र लेकसिटी एकेडेमी एण्ड मण्टेश्वरीका विद्यार्थीहरुले सामुहिक नृत्य, शिशुवा सतसंगको टोलीले सांस्कृतिक कार्यक्रम, विश्वकर्मा आमा समूह पोखरा २८ र नमूना कृषक आमा समूह पोखरा २६ को रत्यौली प्रस्तुतीपनि अर्को आर्कषणको पाटो बनेको आयोजक लेखनाथ उद्योग वाणिज्य संघले जनाएको छ ।
मंगलबार मात्रै १५ हजार दर्शकले अवलोकन गरेको र २७ लाख रुपैयाको कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
महोत्सवको वुधबारको आकर्षणमा प्रमोद खरेल रहेका छन् । यसैगरी लोकदोहोरी तर्फ प्रजापती पराजुली र राजन गुरुङ्ग एवं शिला आले र मिना नेपालीलाई आयोजकले स्टेजमा उतार्ने तयारी गरेका छन् ।
महोत्सवमा कृषिजन्य स्थानीय उत्पादन देखी अटो, सूचना प्रविधि, खाद्य, लत्ताकपडा, सेवा सुचना लगायतका तीन सय भन्दा बढी स्टल रहेका छन् । महोत्सव चैत्र सात गतेसम्म संचालन हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ ६ पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिनका लागि…





