१७ औँ संस्करणको लेखनाथ महोत्सवमा करिब साढे ६ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक छत्रधर आत्रेयका अनुसार सोमवार सम्पम्न महोत्सवमा ६ करोड ४५ लाख रूपैयाँ बराबरको कारोबार भएको छ। कास्कीको पोखरा महानगरपालिकामा भएको महोत्सवमा २ लाख २० हजार दर्शकले अवलोकन गरेको आत्रेयले बताए।
महोत्सव अवधिभर विभिन्न क्षेत्रमा उत्कृष्ट भएका सहभागीलाई पुरस्कृत गरेको थियो। महोत्सव फागुन २६ देखि चैत ७ गतेसम्म संचालन भएको थियो। महोत्सवमा विभिन्न बस्तु तथा सेवाका ३ सय भन्दा बढी स्टलहरू राखिएका थिए। जसमा फेन्सी, गार्मेन्ट, भाडा, रेस्टुरेन्ट र बाल उद्यानतर्फ उत्कृष्ट कारोबार भएको आयोजकले जनाएको छ।
संघले आगामी वर्षका लागि समेत महोत्सवको मिति घोषणा गरेको छ। २०७९ सालका लागि पुस ७ देखि १८ गतेसम्म महोत्सव गर्ने गरी मिति घोषणा गरेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







