लेखनाथका भट्टराई निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उठ्ने


     एभरेस्ट आवाज    
     चैत्र १० गते २०७८ मा प्रकाशित




चैत्र ०९
लेखनाथका युवा व्यवसायी ध्रुव भट्टराईले निर्माण व्यवसायी संघ कास्कीको सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
संघको चैत्र ११ र १२ गते पोखरामा २८ औं साधारण सभा तथा १५ औं अधिवेशन हुँदैछ । अधिवेशनको निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रबि सिंहले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
निर्माण व्यवसायीहरु पनि लोकतान्त्रीक र प्रगतीशिल गरी दुई खेमामा विभाजित छन् । लोकतान्त्रीक खेमाबाट लिलकाजी गुरुङ्ग र प्रगतीशिल समूहबाट रामराज अधिकारीको नेतृत्वमा चुनावी मैदानमा उत्रिन लागेका हुन ।
यसअघिको निर्वाचनमा कार्यसमितिको सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका भट्टराइले यसपटक सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन । आइडी कन्स्ट्रक्सनका संचालक रहेका भट्टराईले निर्माण व्यवसायीहरुका साझा समस्यालाई चुनावी मुद्दा बनाएका छन् । उनले निर्माण व्यवसायीहरुले सरकारी ठेक्कापट्टाका काम समयमा सम्पन्न गर्दा समेत भुक्तानीमा समस्या भोग्दै आईरहेको बताए ।
समयमा काम सम्पन्न भएपनि लामो समयसम्म भुक्तानी नपाउँदा व्यवसायीहरु मर्कामा परेको, अनियन्त्रीत मुल्यबृद्धिले आयोजनाको लागत बढ्न जाँदा व्यवसायीहरु मर्कामा परेको, बैंक ग्यारेण्टीमा समस्या देखिएकाले त्यसको सुधारका लागि र आवाज उठाउन आफुले सहकोषाध्यक्षमा उम्मेदवारी दिएको भट्टराईले बताए ।
भट्टराईले लेखनाथ उद्योग बाणिज्य संघको निर्वाचनमा पनि लोकप्रिय मतका साथ सदस्य पदमा विजयी भएका थिए । पोखरा र लेखनाथका आधा दर्जन संघसंस्थामा भट्टराईको संलग्नता रहेको छ ।
अध्यक्ष सहित सात पदाधिकारी र पाँच सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । निर्माण व्यवसायी संघ कास्कीमा चार सय ६१ जना सदस्यहरु आवद्ध रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।