पोखरा १०, चैत
गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कार्यान्वयनमा नहुने योजनाहरु सरेण्डर गर्न आग्रह गरेका छन् । अर्थ मन्त्रालयले विहिबार मन्त्रालयमै आयोजना गरेको प्रदेशका सचिवहरु बीचको छलफल कार्यक्रम बोल्दै मन्त्री बरालले यस्तो आग्रह गरेका हुन् ।
कार्यान्वयन हुन नसक्ने आयोजना यहि चैत भित्र आत्मसमर्पण गर्न, नयाँ योजना प्रस्ताव नगर्न, कार्यान्वयन नहुने योजनाहरु तत्काल समर्पण गर्न, सिमिति श्रोत साधनका बाबजुद अधिकतम श्रोत साधनबाट बजेट कार्यान्वयन गर्न मन्त्री बरालले सचिवहरुलाई निर्देशन दिए । अर्थ मन्त्रालयमा बजेटको चाप निकै बढेकोले अहिलेको अवस्थामा रकमान्तर र कुनै नयाँ योजनाहरु कार्यान्वयन हुने अवस्था नभएको उनको भनाई थियो । रकम अभाव, सवारी साधनको माग कर्मचारी लगायतको अभाव भएको सचिवहरुले मन्त्री समक्ष जानकारी गराएका थिए ।
आर्थिक बर्ष २०७९÷८० को लागि बजेट सिलिङ सम्बन्धि छलफल यही चैत १६ देखि २३ गतेसम्म हुने भएको अर्थ मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताए । कार्यक्रममा प्रदेशका १२ मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







