पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका नागरिकलाई आधारभूत खानेपानीको सुविधा पु¥याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
पोखरा महानगरपालिका–११ काहुँडाँडामा वृहत खानेपानी आयोजनाको आज उद्घाटन गर्दै उनले नागरिकको मौलिक अधिकारअनुसार नै प्रदेश सरकारले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरेको बताए । बीसौँ वर्षसम्म आयोजना अलपत्र भएर नागरिक खानेपानीबाट वञ्चित रहेको अवस्थामा काहुँमा निर्धारित समयमै काम सकिएकोप्रति खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले यतिखेर प्रदेशमा मात्र नभएर मुलुकभर लिफ्टङ प्रणालीका खानेपानी आयोजनाले प्राथमिकता पाए पनि विद्यु्त महसुलका कारण उपभोक्ता मारमा परेको बताए ।
प्रदेश सरकारले अहिले नै सबै आयोजनालाई विद्युत् महसुल छुट दिन नसके पनि प्राथमिकता तोकेर क्रमश छुट दिने तयारीमा जुटेको बताउँदै उनले पर्यटकीय सम्भावना बोकेको काहुँडाँडा र आसपासको क्षेत्रमा पर्यटक प्रवद्र्धनमा थप पूर्वाधारको आवश्यकता औँल्याए ।
आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु भएको आयोजना प्रदेश सरकारको सात करोड ८२ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो ।
सिल्टेसनका साथै निर्मलीकरण गरिएको भएको यसबाट वितरित पानी धाराबाट सिधैँ खान मिल्ने बताइएको छ । कालीखोलाबाट मोटरले पानी तानेर एक/एक लाख लिटर क्षमताका तीन ट्याङ्की निर्माण गरिएको छ । आयोजनाअन्तर्गत प्रतिसेकेन्ड १० लिटर पानी आपूर्ति हुने र पाँच हजार ४३० उपभोक्ता लाभान्वित भएको खानेपानी डिभिजन कार्यालय स्याङ्जाका प्रमुख हरिप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
कार्यक्रममा प्रदेशका कानुन सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री बिन्दुकुमार थापाले परिवर्तित राजनीतिक अवस्थासँगै बनेको गठबन्धन सरकारले विकास निर्माणका साथै सामाजिक क्षेत्रमा प्रभावकारी काम गर्दै आएको बताए ।
सङ्घीय सांसद विद्या भट्टराईले नागरिकको पहिलो आवश्यकता बाटो र दोस्रोमा खानेपानी हुने गरेको भन्दै स्वच्छ पानी मात्र उपलब्ध गराउन सके नागकरिकलाई धेरै रोगबाट मुक्त गराउन सकिनेमा जोड दिइन् ।
प्रदेशसभा सदस्य मीना गुरुङ, प्रदेशको ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयको खानेपानी महाशाखा प्रमुख प्रेम डोटेल, वडाध्यक्ष मोहनप्रसाद बास्तोलालगायतले खानेपानीको महत्वमाथि प्रकाश पार्दै योजनाको संरक्षण र उपयोगमा उपभोक्ता सचेत हुनुपर्नेमा जोड दिए ।
काहुँ धरहरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अध्यक्ष दीपकप्रकाश आचार्यले यस परियोजनाको पानीले मात्र पु¥याउन नसकिने भएकाले विगतदेखि नै सञ्चालन हुन्दै आएका ससाना ११ योजना पनि सँगसँगै सञ्चालनमा रहेको जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक २५ होटल संघ पोखरा, नेपालको आयोजनामा बुधबार पोखरामा आयोजित…







